Saturday, November 15, 2014

परिदृश्य महात्मे

कवीता : परिदृष्य महात्मे
अहम्ताको बिस्कुन फिजाएर
आफ्नो धरातल भन्दा माथी उठ्नु छैन
आफैलाइ केस्रा केस्रा केलाएर
समुन्नत समाजको परिकल्पनामा आफ्नो उर्जा पस्कनु छ
बाहिर दर्शन र मिठा अभिब्यक्तिका अभिब्यन्जना सार हैन
जीवन सतही त हुनु नै छ तर श्रम मा कन्चुस्याइ गर्नु छैन
बोली सम्बोधन हो बक्ता साधक हो
बोलीलाइ रोक्न हुन्न ,कन्चुस्याइ गर्नु हुन्न सत्कर्म मा
हरेक चिज अवसर हैन , अवसर पाएमा अरूले नगर्ने हैन
छापामा आएका कुरा अन्तिम सत्य होइन
भजन मन्डली हुन्छ ,चिनजान ले नि काम गर्छ
यस्तो भयो ओझेल मा परियो भनेर गुनासो गर्नु तुक छैन
बजार तातेको छ पहुचवालाहरूको ,सड्क पेटि उसकै छ
भुइमा छ ,हरि बिजोग मान्छेको झुण्ड तर जमात उन्कै छ
पसिना सबै भन्दा सस्तोमा किनिने बेचिने बिचरा उन्कै छ
करुणा गरिबको एफ बि फोटोमा देखियो समिपमा होइन
समाधान प्रती आरोपमा देखियो छल्फल र बिस्वास्मा होइन
फेरि पनि देश बनाउन भनी पठाएको तर्कनुमा वजन छैन
उनै बाझ्छन उनै खान्छ्न बियर मासु जनतामा भोज छैन।

अस्तु :

No comments:

Post a Comment