महाशय! मलाइ कबिता लेख्न आउदैन म आफ्नो कवितामा श्रमको ,पसिनाको ,स्वाभिमानको गीत गुन गुनाउन थाल्छु म आफ्नो कवितामा मेरो देशको पाखा ,पखेरो उकाली ,ओराली डुल्न थाल्छु म आफ्नो कवितामा मेची काली मा डुबुल्की मार्दै बहन थाल्छु मैले यहालाई मनपर्ने मनोरन्जनको सट्टा के के लेखेछु के के यहालाई मेरो कबिता मन परेंन होला हो महाशय ! मलाइ कबिता लेख्न आउदैन मेरो आफ्नो कवितामा कोरीया ,जापान ,अमेरीका ,भारत ,अरब कुनैको पनि म गुण गान म गाउदीन म कवितामा आफ्ना प्रियजन र माटोबाट आफूलाई हटाउदिन यहालाई त अरूकै नक्कल मन पर्छ होला मेरो कबिता यहालाई झर्को लाग्यो होला महाशय मलाइ कबिता लेख्न आउदैन अचम्म नमान्नु होला किनभने - म आफ्नो कवितामा कोरा दर्शन र अब्यबहारीक ज्ञानको अहं छर्दीन यसैले .
नेपाली साहित्यका बिभिन्न बिधाहरूको सिर्जनाका केहि बान्कीहरू ...केहि कोशिश ...जीवन र जगतको केहि झल्को ,माटो र प्रियजन प्रतिको प्रेम इत्यादि ...!
Friday, August 1, 2014
महाशय मलाई कविता लेख्न आउदैन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment