Friday, August 1, 2014

तिमीप्रती (२)

 कविता :तिमीप्रती (२ )

ए ढ्वागको बुख्याचा बुनेर
कति दिन सताउछौ
मान्छे र उसले अरूप्रती गरेको
असल शोचलाइ
ए कति दिन गिज्याउछौ
आफ्नै अहंको रागमा
 अरूको निश्छल
 अमुर्तताबोधि सरलतालाई

सबै मान्छेलाई
भ्रमको तराजूले जोख्नु
तिम्रो बेइमानी हो
सहि र गलतको दायरालाई
निर्क्यौल नगरी अबिस्वासले
घेराबन्दी गर्नु तिम्रो आशक्ती हो

एउटा कटू सत्य कुरा
राम्रो बोल्दैमा
सबै मान्छेका मनहरू
कुरुप हुदैनन्
एउटा बुझ्नु पर्ने यथार्थ
कसैको सच्चा कामको
प्रशंसा गर्दैमा
शब्द र अक्षरहरू
घाइते हुदैनन्

कस्तै हुरी चलोस
कहिले पनी अहंकारले
अरूप्रती गरीने माया प्रेमको
गहिराइ पुरीदैन
कस्तै आधि बेहरी आओस
कहिले पनी आडम्बर र आक्रोशले
अरूले अरूप्रती गरेको विश्वासको
जग हल्लिदैन

त्यसैले तिमी पर्ख र हेर
तिमी शोच र अध्ययन गर
के इतिहासले देखाएको छैनर !
हेपेको ,थुकेको ,टालेको ,फाटेको, बिर्सेको चिज
कालान्तरमा गएर पुज्य बनेको कुरा
के समयले द्रीस्टान्त छोडेको छैनर  !
सताईएको ,नगनीएकाले पनी
एकदिन मान्य हुन पाएको कटु सत्यता

मान्छेको बिलाक्षणताको  कशी त उसको
बिनम्रतामा मात्र हुन्छ
मानिसको मापन त उसले
अरूलाई मान्ने सस्कारमा मात्र हुन्छ
किनभने
पलाश होइन मान्छेको जीबन
जाही जूहिको मिठो सुबाश हो
शंकाको चल खेल होइन मान्छेको स्वभाब
अटल महासागर र आस्थाको सगरमाथा हो .

अस्तु :



No comments:

Post a Comment