Tuesday, July 1, 2014

गजल

गजल 

बाठो मान्छेले अरुलाई लेखाउछ
अनि गतिलो पुरस्कार भेटाउछ

हत्या, बलात्कार फिरौती जहाँ त्यहाँ
शुचीले कानूनको दरिद्रता देखाउछ

जग्गा पास नागरिकता जेमा पनि
पैसा थुत्न हाकिम नियम तेर्साउछ

शाहकारीको काम झनै अनौठो
छोराबाटै परेबाको घाटी रेटाउछ

अकुत सम्पत्तिले घर भरियो
मान्छे आफ्नो दम्भ पैसाले सेकाउछ

अस्तु

No comments:

Post a Comment