Saturday, October 27, 2012

पहाड


कविता :पहाड

म पहाडलाई एकोहोरो हेर्छु
पहाड बढ्दै गएको मैले कतै देखिन
र पहाड त सदियौदेखि जहाको तही छ .

 मैले बरू पहाड चढ्नेहरू बढेको  देखे
पहाडबारे नानाथरी कुरा गर्नेहरू बढेको देखे
र उनीहरूको बिना प्रमाणको टिका टिप्पणी मलाइ अप्रिय लाग्छ .

यहि कतै हुनुपर्छ पहाडको काखमा
हर्के र हरिमायाले प्रीतिको गीत गाएको
अब त दशकौ भइ सक्यो
यहि छेउमा हुनुपर्छ
श्यामा र संजयले सग सगै जिउने र मर्ने कसम खाएको
अब त थुप्रै हिउद भइ सक्यो

र उनीहरूको स्म्रितीलाई पहाडले भुकेको छैन
पहाड आफ्नो शोचमा अडिग छ .

म पहाडसितै आखा जुधाएर हेर्छु
मैले पहाडको छलकपट कतै देखिन
र पहाड युगदेखि युगसम्म उस्तै छ .

थाहा छ -
पहाड बढेको देख्नेहरूको आखामा रतन्धो लागेको हो
या ,उमेर लागेको हो उनै जानुन्
पहाडकै ओतमा स्वार्थ सिद्द गर्नेहरूले
कम् से कम् सच्चाइलाई त मानुन्

मेरो पहाडसित थुप्रै पल्ट भेट भएको छ
र पनि पहाड आफ्नो निष्ठा प्रति अटल छ .

अब-
मेरो  समय सिमा लम्बियोस् या छोटो छोटो होस्
म पहाडलाई आफ्नो नजिक नै पाउछु
अब -
मेरो तल तल बढोस् या निरस होस्
म पहाडलाई नै मन पराउछु .

हो-
म पहाडलाई एकोहोरो हेर्छु
मैले पहाडलाई बढ्दै गएको कतै देखिन
र त पहाड सदियौंदेखि देखि जहाको तही छ .

अस्तु :

अस्तु :

दमक , झापा
हाल : अबुधाबी ,यु ए इ .

No comments:

Post a Comment