गजल
उसो त यहा नानाभाती देखिन्छ
आफ्नो जुम्रा अरूको हाती देखिन्छ
धोका खाएको मान्छेको नयनमा
गुलाब पनि तितेपाती देखिन्छ
यो शहर त्यति इमानको छैन
लुटिएको बधुको ताती देखिन्छ
साह्रै घिनलाग्दो छ राजनीति
जनताभन्दा गुण्डा जाति देखिन्छ
शान्ति र सम्बिधान लेखन आज
कुर्शीको निहुमा आपती देखिन्छ।
अस्तु:
No comments:
Post a Comment