Saturday, November 15, 2014

तस्बीरमा के छ ?

कवीता ; तस्वीरमा के छ?
महगी छ शहरमा
अनिकाल छ गाउमा
तस्वीरमा के छ?
राडो छ
प्राडो छ
एन जि ओ छ
आइ एन जो ओ छ
जहाँ नेता चढ्छ
दलाली चढ्छ ,घुसखोरी चढ्छ
तस्वीरमा के छ?
यहाँ एक एक मरिरहेछ
खाडी गएर मरि रहेछ
आफ्नै माटोमा किचिएर मरीरहेछ
सन्ड मुसण्ड्को बलात्कारमा परि मरी रहेछ
तस्वीरमा के छ?
ठेकेदारले घडेरी भनी
बालुवा बेची रहेछ
बिचौलियाले नयाँ नयाँ काइदा हाली
न्याय बेची रहेछ
पापिले आफ्नै छोरी श्रीमती
बेची रहेछ
तस्वीरमा के छ ?
मापसेले छेकेन
दुर्घटना
कानुन ले छेकेन
मानव तस्कर बाट
कोपिला लुछिन
देशमा त्रासदी खोइ कुनै
नेता सज्जन र समाज सेविले देखेन
तस्वीर मा के छ?
गाग्रो रितिएझै
मन रितिइ रहेछन
तिम्रा आँखा सुन्निएर निल्डाम भएछन
नरोउ सु दिन आउँछ आउँछ काइला
मन्ले मनलाइ नै बुझाउ
ताश नखेल
कर्ममा बिश्वास लगाउ
सानोघरे कान्छा
एक दिन सुन फल्छ फल्छ
तस्वीरमा के छ?
देश्को मुहार फेर्दैन कसैले
आफ्नो दुखमा चारो भर्दैन कसैले
यहि माटोमा गौरबगाथा हिमाल छ
नदि छ नाला छ पर्यटनको धमाल छ
तस्वीरमा के छ?
कुच्याइ दिन्छु
म आजै त्यो पुरातनको तस्वीर
झिकी दिन्छु म आजै
पथ्थर दीलको तस्वीर
र राखी दिन्छु त्यस्को सट्टामा
साझा बिचार
र मिसाइ दिन्छु त्यसमा उस्को तिम्रो खुशी
तस्वीरमा के छ?

अस्तु:

No comments:

Post a Comment