Friday, July 11, 2014

म हिडेको बाटो छोटो होस्



कविता ; म  हिडेको बाटो छोटो होस्

 म हिडेको बाटो  छोटो होस्
  म कुदेको लक्ष्य नजिकै होस्
   किनभने  मेरी कान्छी यतिबेला
   म  हिडेको बाटोमा
    म कतै देखिन्छु कि भनि हेर्दै होली
    मेरी कान्छी यतिबेला
    मैले शोचेको लक्ष्यमा
     म पुगेकि भनि
     अनुमान लगाउदै होली .
  
     तर किन त्यस्तो हुन्थ्यो र !
       म त धेरै लामो बाटो पो हिड्न पुगे
       खोलाको डिलैमा उभिएर
       मेरी कान्छीले कति नापी होली मेरो पदचाप
        तर किन सहज हुन्थ्यो र !
        बारीको छेउनेर उभिएर कति बिताई होली समय
        मेरी कान्छीले सम्झदै मेरो बाङ्गो टिङ्गो लक्ष्य .
      
         मेरो नमिलेको जिउडालमा
         मेरो नकोरेको कपालमा
         खै के त्यस्तो जादु थियो र ...!
          तर यसमा मेरी कान्छीले
          यौटा मायाको फुलबारी भेटि
         कालो डरलाग्दो मैलो मान्छेसित
        मेरी कान्छीले हाँसि हाँसि माया साटि
          र  म मुग्लान लाग्दा
          मेरी कान्छी धेरै कहालीई .
   
       अब ;
        म  उडेको बादल माथि माथि जानुको सट्टा
       तल तल झरोस्
        म उडेको कुहिरो आकासमा मडारीरहनुको सट्टा
       बरू तल भुइसम्म आओस्
       र मेरी कान्छीले मेरो झुप्रो घरबाट
        सजिलै देखोस्
        मेरो ख्याउटे अनुहार .

       अस्तु :
    
    इती सम्बत् २०६८ साल भदौ १० गते
      दमक ,झापा .

No comments:

Post a Comment