कविता ; म हिडेको बाटो छोटो होस्
म हिडेको बाटो छोटो होस्
म कुदेको लक्ष्य नजिकै होस्
किनभने
मेरी
कान्छी यतिबेला
म हिडेको बाटोमा
म
कतै देखिन्छु कि भनि हेर्दै होली
मेरी
कान्छी यतिबेला
मैले
शोचेको लक्ष्यमा
म
पुगेकि भनि
अनुमान
लगाउदै होली .
तर
किन त्यस्तो हुन्थ्यो र !
म
त धेरै लामो बाटो पो हिड्न पुगे
खोलाको
डिलैमा उभिएर
मेरी
कान्छीले कति नापी होली मेरो पदचाप
तर
किन सहज हुन्थ्यो र !
बारीको
छेउनेर उभिएर कति बिताई होली समय
मेरी
कान्छीले सम्झदै मेरो बाङ्गो टिङ्गो लक्ष्य .
मेरो
नमिलेको जिउडालमा
मेरो
नकोरेको कपालमा
खै
के त्यस्तो जादु थियो र ...!
तर यसमा मेरी कान्छीले
यौटा मायाको फुलबारी भेटि
कालो
डरलाग्दो मैलो मान्छेसित
मेरी
कान्छीले हाँसि हाँसि माया साटि
र म मुग्लान लाग्दा
मेरी कान्छी धेरै कहालीई .
अब ;
म उडेको बादल माथि माथि जानुको सट्टा
तल
तल झरोस्
म
उडेको कुहिरो आकासमा मडारीरहनुको सट्टा
बरू
तल भुइसम्म आओस्
र
मेरी कान्छीले मेरो झुप्रो घरबाट
सजिलै
देखोस्
मेरो
ख्याउटे अनुहार .
अस्तु
:
इती
सम्बत् २०६८ साल भदौ १० गते
दमक ,झापा .
No comments:
Post a Comment