Tuesday, July 1, 2014

हिजो फुर्सद थियो र तिमीले बिर्स्यौ

कविता : हिजो फुर्सद थियो र  तिमीले बिर्स्यौ

हिजो फुर्सद थियो
र तिमीले बिर्स्यौ
आज फुर्सद छैन र पनि
म तिमीलाई सम्झिरहेछु
युगिन क्षितिजबाट
चियाउनु परेको छैन,
भत्की सक्यो
अहमको पर्खाल
अभिनयको रोटेपिंग
रंगमंचको दर्शक दिर्घाबाट
निस्केको तालीको सट्टा
चुडिएर
तल धुलोमा झरी सक्यो
अब सुकिलो रूमाल
मन भै रहनु छैन
आज फुर्सद छैन र पनि
म तिमीलाई सम्झिरहेछु
कहीं त देखिन्छ पक्कै सनिध्यताको
हिसाब किताब
यद्यपि
पात र फूल यौटै हागामा सजिए पनि
दुवैले बास्ना दिदैनन्
कहीं त प्रकट हुन्छ
पक्कै बिर्सनेहरूको अरस्य रोदन
तर
नाइल र अमाजन बगे पनि कहिल्यै यौटै होइनन्
यो त आ आफ्नो बुझाईको कुरा भयो
मैले तिमीलाई
नजाने के के लोला, लोलिता, रम्भा, त्रिलोतामा
मोनालिसा, नोरा सम्झे
अब केही त बाँकी छैन
हिमालबाट हिम नै बगी सक्यो
जीवनबाट खुशीले छाडी सक्यो
माफ गर
तिमी सक्छौ माया मार्न
सक्छौ तिमी मलाई बिर्सन
तर म.....उफ सक्तिन ...
यसैले ...म भन्छु मात्र भन्छु
सबै प्रयत्न बेकार ...तिमीलाई बिर्सने
हिजो फुर्सद थियो
र तिमीले बिर्स्यौ
आज फुर्सद छैन र पनि
म तिमीलाई सम्झिरहेछु ।

अस्तु :

No comments:

Post a Comment