Thursday, October 25, 2012

गजल

गजल

लगाइएको हारमा शङ्का छ
साझ बिहान बारमा शङ्का छ

मह काढ्ने भन्दै लड्छन मान्छे
हो त माहुरीको घारमा शङ्का छ

बोल्दा पनि सम्बन्ध बिच्छेद भो
टेलिफोनको तारमा शङ्का छ

टुंगो छैन यात्रा जिन्दगिको
तय गर्ने आधारमा शङ्का छ

चामलमा ढुंगाहरू बिक्छ रे
खै के भन्ने व्यापारमा शङ्का छ .

अस्तु :

No comments:

Post a Comment