Thursday, October 25, 2012

लघु कथा : सज्जन एक

लघु कथा :सज्जन एक
- बिबेक दुलाल क्षेत्री दमक

सज्जनसित अथाहा सम्पती थियो . सज्जनलाइ कुनै कुराको कमी थिएन . सज्जन एक
दिन घुम्न घर बाहिर निस्कियो . सज्जनले उसको घरै अघिको गेटमा एउटा
माग्नेलाई घन्टी बजाउनै लागेको देख्यो .सज्जनलाइ सनक्क रिस उठ्यो र
माग्नेलाई झपार्न थाल्यो -
"ए भाते तँलाई माग्न लाज लाग्दैन? ,यत्रा हात पाखुरा छन् !"
माग्नेले भन्यो -"हजुर दुइ दिनदेखि काम नपाएर भोको छु "
यो सुनेपछि सज्जनले -"ल ल धेरै बहस नगर्ने " भन्दै नाम थर सोध्न थाल्यो -
माग्नेले भन्यो - "हजुर मेरो नाम सज्जनदेब हो ,थर बाह्रमासे . "
सज्जनलाइ उसको जबाफमा रोकिन मन लागेन र पुन सोध्न थाल्यो -
"के भएर तिम्रो यो हाल भयो ?"
त्यो सज्जनदेवले भन्यो -"मलाइ त मेरै आफन्तले कुलंघार बनाए हजुर ,खाली
पानामा सहि गर्न लगाएर मेरो सबै घर ,जग्गा ओघटे ,मलाइ पढ्न नै आउदैन "

अब सज्जनलाइ त्यो सज्जनदेब त्यहा उभिदा आफ्नो सबै बिगत खोलिने डरले
सताउँन थालेकाले खल्तीबाट सज्जनदेबको हातमा दशको नोट थमाएर गाडीमा बेगसाथ
हुइकियो. बाटाभरी उसलाई उसकी ठूली आमाको छोरा रमेशको याद आयो जसको
अज्ञानताको फाइदा उठाएर उसले यो माग्नेको हालतमा छोडेको थियो .

अस्तु :
अबुधाबी ,यू ए ई
२८ जुलाई २०१२

No comments:

Post a Comment