Thursday, October 25, 2012

मुक्तकहरू

मुक्तकहरू

(१)तिमीलाई देखेर अब कति मान्नु हर्ष
तिमी आयौ भनेर मैले कति गर्नु खर्च
तिमीले प्रगतीको हुरी त कैले ल्याएनौ
केवल पात्रोमा मात्र पो छाएछौ नयाबर्ष ..!

(२)समयबाट शिक्ने मान्छे नै ज्ञाता हो
कोशिश गरेमा सिकाउने बिधाता हो
परदेश लाग्दैमा माटो बिर्स्यो नठान्नु होला
प्रिय यो त सबैको आ - आफ्नै बाध्यता हो .

(३)तिमी ढुंगा र म माटो
कुट्थ्यौ दुवै ढिकी जातो
तिमीले नी बिर्सेपछि
मलाइ मात्र के खाचो .

(४)झुक्याएर माथि माथि गा छ
मेयर ,सभासद्,मंत्री पनि भा छ
आफ्नो लागी अकुत कमाए भइ हाल्यो
जनताको दुख उसलाई के था छ .

(५)तिमी बाट आजभोली न्यानो ओत पाउछु
तिम्रो दुब्लो शरीर भए नि एईरावत पाउछु
दुनिया नराम्म्री भनेर दुत्कारे दुत्कारोस सधैभरी
यहि मुहारमा तिमीलाई म मल्लिका सेरावत पाउछु .

अस्तु :

No comments:

Post a Comment