Thursday, October 25, 2012

गजल


गजल

आफ्नो छाया जुनमा खोज पाउदैनौ
साचो माया सुनमा खोज पाउदैनौ

थोपा थोपा खुशी बटुलिनु पर्दछ
रातो रंग चुनमा खोज पाउदैनौ

श्रम गर्दा स्वाभिमानले शिर उठ्छ
माटोलाई धुनमा खोज पाउदैनौ

दुर्गुण हैन सफा हुनुपर्छ मन
हर कुरा खुनमा खोज पाइदैन

वाक्यांशलाई बेलैमा बुझेको राम्रो
यो विवेक नुनमा खोज पाउदैनौ .

अस्तु :

दमक ,झापा
हाल : अबुधाबी ,यु ए इ

No comments:

Post a Comment