कविता ; अक्षरहरसित भलाकुसारी
निद्रा खलबल्याई दिन आइदिन्छन्
रातभरि
बेला, कुबेला
अक्षरहरू
गर्दागर्दैको कामलाई ठप्प रोक्न आइदिन्छन्
दिनभरि
जुनसुकै बखत
अक्षरहरू
कलिलो घामको निर्दोषितालाई गिज्याउदै छुनुमुनू गर्दै आइदिन्छन्
बिहानभरी
कुनै पनि पल
अक्षरहरू
गुलावको बैशालु यौवनलाई फिक्का पारी बैशको तातो हावा बोकेर आइदिन्छन्
ठण्डीको कुनै पनि क्षण
अक्षरहरू
जिज्ञाशा र सत्य बचन बोकेर आइदिन्छन्
यादभरी
मुटूको कुना कुना
अक्षरहरू
दुखमा/सुखमा कुनै कुराको ख्यालै नगरी आइदिन्छन्
दफ्तर/मेला/स्कुल/धारा/बजार
कुनै पनि बेला
अक्षरहरू
अब -
भन्न मन लाग्छ ;
नागबेली चुल्ठिमा सजाइएका फूलहरू हुन् - अक्षरहरू
निलो समुद्रमा दौडिरहेका जहाजहरू हुन् -अक्षरहरू
अन्धविश्वास बिरुद्द उद्घोष गर्ने मुलमंत्रहरू हुन् -अक्षरहरू
हरेक मान्छे, मान्छेका संग्ला मनहरू हुन् -अक्षरहरू
महाशय ;
यहाले पनि अक्षरहरू पक्कै पढ्नु भएको होला
साच्ची मलाई
तिनै अक्षरहरूसित
खेल्नु थियो
एक पल्ट लुकामारी
अस्तु :

No comments:
Post a Comment