Friday, August 1, 2014

नया केहि छैन

कविता : नया केहि छैन

उस्तै छ जागर
उस्तै छ सपना
उस्तै छ बचाइको अर्थ

महगि,
छलकपट
अहंकार
सबै उस्तै छ

सडकको पेटी  उस्तै छ
सानीको भट्टी उस्तै छ
विदेशिनेहरुको कलेटी अनुहार उस्तै छ
डलर कमाउनेहरूको अध्यारो शहर उस्तै छ

चर्केको  पार्टी जस्तै बिद्यालय जिर्ण छ
अस्पातलको पहुच बाहिरकी सुत्केरी झैँ अस्पताल बिरामी छ
आस्वासन मात्र बोकेको नेता झैँ सु ब्यबस्थाको पुरानै ताल छ
खेत बगाएको ,आगोले घर जलेको ,बबुरो जनताको बेहाल छ
नयाँ केहि छैन ,सबै उस्तै छ

यसैले
यो नया बर्षले केहि त नयाँ कुरा देओस्
क्यालेन्डर फेरिदैमा समय फेरिदैन भन्छन्
यस्तो धारणालाइ केहि गरेर बदलोस्
साच्चिकै नेपाल र नेपालीहरू सबैमा ,खुशीको लहर ल्याओस्.

No comments:

Post a Comment