Thursday, July 31, 2014

केहि तान्काहरू

महगो क्षण
बित्छ हानथापमा
कस्तो फसाद
लेखिनै बाकि छन्
शान्ति संबिधान !

तिम्रो मुहार
मौन खुला आकाश
हेरी रहन्छु
घिर्णा नगरे कतै
मुर्ख सम्झी मलाई !

मेरो देशमा
बेमेल मात्र हुदा
बिकाश रुन्छ
तर ढिलै भए नि
नेपालीले हासुन !

यौबन रुप
झरना, खोला हैन
फेरी जिद्दी भो
अजम्बरी बन्नेको
हो त पानीको फोका !

यो जमानामा
अन्धबिस्वास बोकी
मान्छे हिड्दैछ
कुन युग, नियम ?
बोक्सी, बोक्सो अलाप्दै !

No comments:

Post a Comment