Thursday, October 25, 2012

कविता : बा लाइ चिठी परदेशबाट


कबिता :"बा लाइ चिठी परदेशबाट "

बा ! परदेश भन्ने बित्तिकै  मन दुख्छ
परदेश सम्झने बित्तिकै ओठ ,मुख सुक्छ
तर पनि म यहा छु
भित्र रोएर पनि बाहिर मुश्कुराएको छु
बा !त्यहा  त धान ,गहु , तोरी झुलीरहेको होला
त्यहा त मखमली ,सयपत्री ,चमेली फक्री रहेको होला
त्यहा त बारीमा ,खेतमा माली गाइ बाँ बाँ गर्दै घुमी रहेको होला
यहाँ त रेगीस्थानको बालुवाले छोप्छ
यहा त बिदेशीको प्रत्येक बोलीले घोप्छ
यहा त आफ्नै मनले थाकेर आफैसित रातभर बिलौना पोख्छ
बा ! अब त्यहा काउलो ,पिपल पाउलिएर हरियो भयो की
तराइबाट साहिलो दाइ पहाडमा गयो की
डाफे चरी ,मयूरले खुशीले नाच्यो की
अग्ला हिमालहरूमा उसरी नै सेताम्मे हिउ पर्यो की
बा !यहाँ त केहि छैन , सबै छ नक्कली
 बा !कोहि छैनन् हामी जस्ता सक्कली
ढुंगे धारा,झरना ,छहराको याद आउछ
मर्दा पर्दा सहयोगी पल्लो गाउको खल्बलेको याद आउछ
पुच्छार घरे मेरो साथी डल्लेको याद आउछ
 तल्ला घरे ठूलीको याद आउछ
भेडा गोठाली जुनकिरीको याद आउछ
बा ! मैले लाउने छोटो भोटो र सुरुवाल
 छकी छैन ,त्यसको पनि याद आउछ
यहाँ त मंदीरहरू छैनन्
र त मान्छेका मनहरू छैनन्
यहा त मान्छेहरूमा मानबता छैन
र त मान्छेहरू  दानब जस्ता लाग्छन ,मानब जस्ता छैनन्
बा ! म अब मेरै मेचीमा डुबुल्की लाउछु है
मेरै महाकालीको पानी झिक्छु है
मेरै कोशीमा स्नान गर्छु है
मेरै बागमतीको जल शिरमा छर्छु है
मेरै रतुवामा कुलेसो खन्छु है
बा ! म अगाए पातालदेखी
म अगाए रेगीस्थानदेखी
म आउछु है
 बा !म साच्चीकै आउछु है
किनकी -
मेरो माटो पर्खी रहेको छ मलाइ
किनकी -
मेरो दोबाटो हेरी रहेको छ मलाइ .

अस्तु :

 स्थायी ठेगाना :दमक ,झापा
हाल : अबुधाबी ,यू ए ई .

No comments:

Post a Comment