लघु कथा :गल्तिबोध
-विवेक दुलाल क्षेत्री "दमक "
चण्डी प्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए .चण्डी प्रसादले आफ्ना छोराहरूलाइ
यसपाली माघेसंघ्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने
कुरा बताएका थिए .आमा पनि जिबित छैनन् जाउन् त बाउले भनेर साहिलोछोराले
गोजीमा पैसा राखि दियो .गाउका बुढाबुढी ,केहि अधबैसे,केहि युबती र केटाकेटी गरेर
दश बाह्र जना जती गए .धरानबाट चतरालाइनको बाटो हुदै उनीहरू बराह मन्दिर
परीसरमा पुगे कोहि मन्दिरको हातामै रहेको ढुङ्गो उचाल्न थाले ,कोहि आफ्ना पितृको
कोका श्राद्द गर्न थाले .यसरी त्यो दिन सबैको जाग्राम गरेर रात बित्यो .
भोलिपल्ट चण्डी प्रसाद र अरू तीर्थयात्रीहरू डुंगामा बसेर कोशी नदीमा घुम्न थाले .
सबै आ -आफ्नै सुरमा थिए .अलिकति कुहिरो पनि लागेको थियो .चण्डी प्रसादको
छेवैमा एकजना युवती रमिली थिइन् .रमिलीका श्रीमान ब्यापारी थिए र सोहि
शिलशिलामा काठमाण्डौं ,बिराटनगर गरी रहन्थे .चण्डी प्रसादले रमिलीलाई
भने - "ए रमिली तलाई डुंगामा मजा आएन ?"रमिलीले भनि -"हजूर बा पनि
के के सोध्नुहुन्छ ..!" ."यस्तो डरमर्दो छ दुबियो भने कोशीमा ..,ए रमिली त
र म यो कोशी पारी गएर उतै सधैको लागी बसौंन हुन्न ...!"अब रमिलीलाइ
रिस उठ्यो -"ए हजूर बा मुख बन्ध गर ,यस्तो छाडा कुरा नगर्नुस् ..!"चण्डी
प्रसादले कुरा घुमाएर अन्त मोड्दै भने -"यो त कस्ती रहिछ, त र म मात्रै हो र ,
सबै डुल्न जाउ पो भनेको त ..!" यतिकैमा डुंगा चलाउनेले उत्रिने ठाउ आयो
भनेकाले सबै उत्रिए .
तीर्थबाट सबै फर्किए .चण्डी प्रसादलाई रमिलीसित आफ्नो ब्यबहार सम्झेर आफैप्रती
नराम्रो लागेर आयो .उनले यस्तैमा एकदिन रमिलीसित बिनय गर्दै भने -"रमिली
नरिसा है ,त्यो दिन मेरो गल्ती नै भएछ ,मैले नजाने के के भने ,मैले आफू बुढो
भैसकेको कुरा नै बिर्सेछु ." " उ बेला आखा देख्नु भएन ,ल ल यस्तो कसैलाई झुक्केर
पनि नभन्नु" यति भनेर रमिली फटाफट हिडी . चण्डी प्रसादले ठाने आज उनको
गरुंगो मन हल्का हुदै गइ रहेको छ .
अस्तु :
दमक , झापा

No comments:
Post a Comment